समय : १०:०० pm | सोमबार , चैत्र ९ गते २०८२

सिवाईसी नेपाल लघुवित्तको नाफा १०४ प्रतिशतले वृद्धि

अर्थ विशेष | माघ २३ गते २०८१

काठमाडौं । सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको वित्तीय अवस्थामा सुधार आएको छ । संस्थाले चालु आवको दोस्रो त्रैमाससम्म नाफा,आम्दानी र ईपीएस बढाउनुका साथै खराब कर्जा अनुपात घटाएको छ ।

यो अवधिमा संस्थाको खुद नाफा १०४.५८ प्रतिशतले बढेको छ । संस्थाले चालु आवको दोस्रो त्रैमाससम्ममा ४ करोड ३१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो आवको सोहि अवधिसम्म भने संस्थाले २ करोड १० लाख रुपैयाँबराबरको खुद नाफा कमाएको थियो ।

संस्थाको खुद ब्याज आम्दानी वृद्धि भएसँगै नाफामा सुधार आएको हो । दोस्रो त्रैमाससम्म संस्थाले १७ करोड ४० लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । जुन अघिल्लो आवको सोहि अवधिको तुलनामा ३१.९९ प्रतिशतले धेरै हो । संस्थाको खुद सञ्चालन आम्दानी पनि ३०.३२ प्रतिशतले बढेर २२ करोड ४१ लाख रुपैयाँ पुगेको छ । संस्थाले कर्मचारीका लागि १२ करोड ३३ लाख र अन्य सञ्चालनका लागि ३ करोड ७३ लाख रुपैयाँ खर्च गरेको छ ।

अघिल्लो आवको दोस्रो त्रैमाससम्म २ करोड ३३ लाख रुपैयाँ रहेको संस्थाको रिटेन्ड अर्निङ बढेर ५ करोड ७७ लाख पुगेको छ । रिजर्भको आकार भने ३३ करोड ८८ लाख रुपैयाँबाट घटेर ३४ करोड ६५ लाख रुपैयाँमा सीमित बनेको छ । यो अवधिमा संस्थाले २ अर्ब ४८ करोड रुपैयाँ निक्षेप संकलन र ५ अर्ब ९० करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ ।

संस्थाको इम्पेयरमेन्ट चार्ज २ करोड ५३ लाख रुपैयाँले रिभर्सल भएको छ । अघिल्लो आवमा ४.७ठ प्रतिशत रहेको खराब कर्जा अनुपात घटेर ४.३५ प्रतिशतमा सीमित बनेको छ । समीक्षा अवधिसम्म संस्थाको प्रतिसेयर आम्दानी(ईपीएस) बढेको छ । अघिल्लो आवको दोस्रो त्रैमाससम्म १५.८४ रुपैयाँ रहेको ईपीएस बढेर ३२.४० रुपैयाँ कायम भएको छ ।

यस्तै संस्थाको प्रतिसेयर नेटवर्थ २५१.७४ रुपैयाँ,प्रतिसेयर कुल सम्पत्तिको मूल्य २ हजार ४६७.२७ रुपैयाँ,मूल्य आम्दानी अनुपात ४८.०५ गुणा र तरलता अनुपात ८.३९ प्रतिशत कायम भएको छ ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्