समय : ०८:२५ pm | सोमबार , चैत्र ९ गते २०८२

एनएमबि बैंकको करिब ६ लाख कित्ता शेयर बिक्रीमा

अर्थ विशेष | माघ १३ गते २०८१

काठमाडौं । एनएमबि बैंकको करिब ६ लाख कित्ता शेयर आज माघ १३ गतेबाट बिक्रीमा राखिएको छ।

बैंकको संस्थापक समूहको ५ लाख ९८ हजार १४५ कित्ता शेयर बिक्रीमा राखिएको हो। हाल बैंकका संस्थापक शेयरधनीहरुले मात्रै शेय खरिदका लागि निवेदन दिन सक्नेछन्।निवेदन काठमाडौंको बबरमहलस्थित बैंकको कम्पनी सचिवको कार्यालयमा पेस गर्नुपर्नेछ। यसका लागि ३५ दिनको म्याद दिइएको छ।

तोकिएको अवधिभित्र संस्थापक शेयरधनीहरुबाट शेयर खरिदका लागि निवेदन नपरेको खण्डमा अन्य व्यक्ति तथा संस्थालाई शेयर बिक्री खुला गरिने बैंकले जनाएको छ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्