समय : ०८:३८ am | बुधबार , चैत्र ११ गते २०८२

ग्लोबल आइएमई बैंकको नाफा साढे ४९ प्रतिशत बढ्यो

अर्थ विशेष | माघ ७ गते २०८१

काठमाडौं । चालु आर्थिक वर्षको पुस मासन्तमसम्म ग्लोबल आइएमई बैंकको नाफा ३ अर्ब बढी भएको छ । बैंकले यो अवधिमिा ३ अर्ब ५ करोड ३४ लाख रुपैयाँ खुद नाफा गरेको हो ।

यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ४९.५१ प्रतिशत बढी हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले २ अर्ब ४ करोड २३ लाख रुपैयाँ खुद नाफा गरेको हो ।
यो अवधिमा बैंकको खुद ब्याज आम्दानी ८.०९ प्रतिशत घटेको छ भने खुद फि तथा कमिशन आम्दानी १७.३४ प्रतिशत बढेको छ ।

बैंकको सञ्चालन नाफा ४७.८८ प्रतिशत बढेको छ । बैंकको प्रतिसेयर आम्दानी पनि बढेको छ । यो अवधिमा बैंकको प्रतिसेयर आम्दानी ४ रुपैयाँ ७१ पैसा बढेर १६ रुपैयाँ २ पैसा पुगेको छ । सो अवधिसम्ममा बैंकको वितरणयोग्य मुनाफा २ अर्ब ६४ करोड ५३ लाख रुपैयाँ रहेको छ भने वितरणयोग्य प्रतिशेयर आम्दानी १२ रुपैयाँ ४९ पैसा रहेको छ ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्