समय : ०२:१० am | मङ्गलबार , पौष ८ गते २०८१

एनआईसी एशिया बैंकको मधेश प्रादेशिक कार्यालय र वीरगञ्ज शाखा आफ्नै भवनबाट सञ्चालनमा

अर्थ विशेष | जेठ १४ गते २०८१

पर्सा जिल्लाको वीरगञ्ज महानगरपालिका.१०स्थित आदर्शनगरमा एनआईसी एशिया बैंकले मधेश प्रादेशिक कार्यालय र वीरगञ्ज शाखा कार्यालय नवनिर्मित आफ्नै भवनबाट सञ्चालनमा ल्याएको छ ।

यसअघि बर्दिबास नगरपालिकामा रहेको मधेश प्रादेशिक कार्यालय र वीरगञ्ज महानगरपालिकामै रहेको वीरगञ्ज शाखा उक्त नवनिर्मित भवनमा स्थानान्तरण भई सम्पूर्ण बैंकिङ्ग कारोबार सञ्चालन भएको कम्पनीले बताएको छ ।

उक्त नवनिर्मित भवनबाट प्रादेशिक कार्यालय र शाखा सञ्चालनमा आएपछि ग्राहकहरुलाई सम्पूर्ण किसिमका अत्यावश्यक बैंकिङ्ग सेवा लिन थप सहज हुने कम्पनीले विश्वास लिएको छ ।

कम्पनीले मुलुकभर ३६० शाखा कार्यालयहरू, ६७० एटीएम, ११८ वटा विस्तारित काउन्टर एवं ५१ वटा शाखा रहित शाखा सञ्जाल विस्तार गरेको छ । कम्पनीले देशको कुल जनसंख्यामध्ये २० वर्षदेखि ५० वर्ष उमेर समूहसम्मको आर्थिक रूपमा सक्रिय जनसंख्याको करिब २५ प्रतिशत जनतालाई सेवा दिन सफल भएको बताएको छ ।

अर्थतन्त्रको सवलीकरण तथा उच्च आर्थिक वृद्धिमा टेवा पुर्‍याउन उत्तरदायी बैंकिङ्गको अभ्यास गर्दै स्थापनाकालदेखि हालसम्ममा प्रत्यक्ष र अप्रत्यक्ष गरी कुल २३ अर्ब ७ करोड रुपैयाँभन्दा बढी राजस्व सरकारलाई भुक्तानी गरेको र गत आर्थिक वर्षमा ३ अर्ब ६१ करोड रुपैयाँभन्दा बढी राजस्व सरकारलाई बुझाएको पनि कम्पनीको भनाइ छ ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्