काठमाडौं । नेपाल राष्ट्र बैंकको बैंकिङ्ग विभाग र मुद्रा व्यवस्थापन विभाग स्थानान्तरण हुने भएको छ । राष्ट्र बैंकको बालुवाटारस्थित केन्द्रीय कार्यालय भवनबाट सञ्चालन हुँदै आएका बैंकिङ्ग विभाग र मुद्रा व्यवस्थापन विभाग स्थानान्तरण हुने भएको हो ।
उक्त विभाग थापाथलीस्थित राष्ट्र बैंकको नवनिर्मित भवनमा स्थानान्तरण हुने भएका पुस १ गतेदेखि उक्त विभागहरूबाट प्रदान हुने सम्पूर्ण सेवा सोही भवनबाट सञ्चालन हुने राष्ट्र बैंकको सम्पत्ति तथा सेवा व्यवस्थापन विभागले जनाएको छ ।