समय : ०२:०८ am | सोमबार , पौष ७ गते २०८१

भारतीय ग्राहकले सानिमाको फोनपेमार्फत भुक्तानी गर्न मिल्ने

अर्थ विशेष | वैशाख २७ गते २०८१

काठमाडौं । सानिमा बैंकले फोनपे पेमेन्ट सर्भिस प्रालिसँग भारतीय नागरिकहरुलाई सहज र सजिलो डिजिटल भुक्तानीका लागि सहकार्य गरेको छ । सो सहकार्य अन्तर्गत, भारतीय नागरिकहरुले अब फोनपे, भीम एप र यूपीआईमार्फत फोनपे नेटवर्क अन्तर्गतका क्यूआर कोड स्क्यान गरी डिजिटल भुक्तानी गर्न सक्नेछन् ।

सो सहकार्यबाट नेपाल भ्रमण गर्ने भारतीय नागरिकहरुले नेपालमा सुरक्षित र सुनिश्चित डिजिटल माध्यमबाट झन्झटमुक्त भुक्तानीको अनुभव प्राप्त गर्न सकिने बैंकले विश्वास लिएको छ ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्