काठमाडौं । समृद्धि फाइनान्सले महोत्तरीको औरहीस्थित पिस जोन विद्यालयमा अध्ययन विद्यार्थीलाई स्टेशनरी वितरण गरेको छ । फाइनासन्सले बुधबार सो विद्यालयमा अध्ययनरत एक सय २५ जना विद्यार्थीलाई कापी र कलम वितरण गरेकोे हो ।
फाइनान्सले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विद्यार्थीलाई स्टेशनरी वितरण गरेको जनाएको छ । फाइनान्सले बनेपा र मधुवन शाखाबाट गत हप्ता समेत ७० जना विपन्न वर्गका विद्यार्थीलाई कापी र कलम वितरण गरेको थियो ।