समय : ०९:३५ pm | सोमबार , पौष ८ गते २०८१

समृद्धि फाइनान्सद्वारा सामाजिक उत्तरदायित्वको कार्यक्रम सम्पन्न

अर्थ विशेष | जेठ ११ गते २०८१

काठमाडौं । समृद्धि फाइनान्सले नारायणगढ र बुटवल शाखाबाट जेष्ठ १० गतेका दिन २५६७ औँ बुद्ध जयन्तीको अवसरमा भरतपुर ११, भोजाडमा अवस्थित छेच्यु थर्पलिङ्ग गुम्वामा निःशुल्क खानेपानी वितरण गरेको थियो । कम्पनीले लगभग ३५० जना भन्दा बढी बौद्ध धर्मालम्वी आगन्तुकहरूलाई निशुल्क खानेपानी र बुटवल १मा अवस्थित पद्म चैत्य विहार समितिलाई प्रसाद प्रयोजनकोलागि फलफुल, सुजि, आटा र पानी वितरण गरेको हो । कम्पनीले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गतको कार्यक्रम गरेको हो ।

साथै वनेपामा चण्डी पुर्णिमाको अवसरमा मनाइने चण्डेश्वरी जात्रामा उपस्थित आगन्तुकहरूलाई निस्शुल्क खानेपानी र जुस वितरण गरेको छ ।

फाइनान्सले हाल तेह्र वटा शाखाहरु मार्फत नगद कारोवार, आर टि जि एस, आइपीएस, कनेक्ट आइपीएस, रेमिटान्स, क्लियरिङ्ग लगायतका बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ भने मोवाइल बैंकिङ्ग, डेबीट कार्ड, क्यू।आर कोड आदि डिजिटल सुविधाहरु निःशुल्क प्रदान गरिरहेको छ ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्