समय : ०९:४९ pm | सोमबार , पौष ८ गते २०८१

समृद्धि फाइनान्सका ग्राहकहरुलाई पुष्पाञ्जली हस्पिटल चितवनमा भारी छूट

अर्थ विशेष | जेठ ११ गते २०८१

समृद्धि फाइनान्स कम्पनी चितवनको भरतपुृरस्थित पुष्पाञ्जली हस्पिटलसँग जेठ १० गते समझदारी गरेको छ । उक्त समझदारीपत्रमा कम्पनीकातर्फबाट संस्थाका नायव प्रमुख कार्यकारी अधिकृत गोर्कण प्रसाद दुवाडी र पुष्पाञ्जली हस्पिटलको तर्फबाट प्रबन्ध निर्देशक सुजन राज अधिकारीले हस्ताक्षर गरेका छन् ।

उक्त समझदारी अन्तर्गत कम्पनीका सम्पुर्ण शेयरसदस्य, कर्मचारी तथा खातावालहरुले जेठ ११ गतेदेखि २०८४ जेठ १० गतेसम्म समृद्धि मोबाइल बैकिङ्ग, डेविट कार्ड तथा क्यूआर प्रयोग गरेर उक्त अस्पतालमा उपचार सेवा लिंदा छूट पाउने छन् ।

उक्त अस्पतालबाट नियमित ओपीडी सेवामा २० प्रतिशत, हस्पिटलको आन्तरिक सेवाहरुमा २०प्रतिशत औषधिमा ३ प्रतिशतदेखि ५ प्रतिशत र साना तथा ठूला सल्याक्रिया चार्जमा २० प्रतिशत छूट प्राप्त गर्ने सकिने छ ।

कम्पनीले हाल १३ वटा शाखामार्फत नगद कारोवार, आरटीजीएस, आईपीएस, कनेक्ट आईपीएस, रेमिटान्स, क्लियरिङ्ग लगायतका बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ भने मोवाइल बैंकिङ्ग, डेबीट कार्ड, क्यूआर कोड आदि डिजिटल सुविधाहरु निः शुल्क प्रदान गर्दै आएको छ ।

यस्तो खालको सुविधाबाट सम्पुर्ण शेयरसदस्यहरु, कर्मचारीहरु तथा खातावालहरु लाभान्वित हुने विश्वास कम्पनीले लिएको छ ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्