समय : ०५:१९ pm | बुधबार , चैत्र ११ गते २०८२

सुजुकी ई–भिटाराको बुकिङ खुल्ला

अर्थ विशेष | चैत्र ११ गते २०८२

काठमाण्डौ । नेपालमा सुजुकी गाडीहरूको आधिकारिक वितरक, सिजी मोटोकर्पले आफ्नो बहुप्रतिक्षित पहिलो प्रिमियम ब्याट्री इलेक्ट्रिक भेहिकल ‘सुजुकी ई–भिटारा’को आधिकारिक रूपमा बुकिङ खुला गरेको छ । यसको महत्वपूर्ण घोषणा बुधबार पोखरामा आयोजित वाडा अटो शोमा गरिएको हो, जहाँ कम्पनीले यसको निकै आकर्षक सुरुवाती मूल्य ४९ लाख ९९ हजार रुपैयाँ तोकेको छ ।
यो विशेष सुरुवाती मूल्य सीमित अवधिका लागि मात्र उपलब्ध छ र सुरुवाती भेरियन्टमा लागू हुनेछ । जापानी अटोमेकरले देशमा भित्राएको यो पहिलो प्रिमियम ब्याट्री इलेक्ट्रिक भेहिकल हो, जसले नेपाली विद्युतीय गाडी बजारमा जापानी विश्वसनीयता र उत्कृष्ट इन्जिनियरिङलाई स्थापित गर्ने लक्ष्य राखेको छ ।

सुजुकी ई–भिटाराका मुख्य विशेषताहरूः

-उत्कृष्ट पर्फर्मेन्सः यो गाडी दुई उच्च–क्षमताका ब्याट्री विकल्पहरू ४९ kWh र ६१ kWh मा उपलब्ध छ, जसले क्रमशः १०६ kW र १२८ kW को दमदार पावर आउटपुट दिन्छ ।

-क्लास–लिडिङ आउटपुटः यी उत्कृष्ट विशेषताहरूले ई–भिटारालाई यसको मूल्य वर्गमा उपलब्ध सबैभन्दा शक्तिशाली विद्युतीय गाडीको रूपमा स्थापित गर्दछ।

-विश्वसनीय लिगेसी : यसले अत्याधुनिक ईभी प्रविधिलाई सुजुकी ब्रान्डको प्रमाणित विश्वास, टिकाउपन र विश्वसनीयतासँग सहज रूपमा जोडेको छ ।

ई–भिटारा यस मूल्य दायरामा जापानी ब्रान्डबाट आउने पहिलो ईभी रहेको कम्पनीले जनाएको छ । यो नवीनतम ब्याट्री प्रविधि र उच्च सुरक्षा मापदण्डहरूसहित सुसज्जित छ । यसको भविष्यमुखी डिजाइनले ड्राइभिङको आराम र रोमाञ्चकतालाई नयाँ उचाइमा पुर्याउनेछ । सबैभन्दा महत्त्वपूर्ण कुरा, देशभर फैलिएको सुजुकीको विशाल सर्भिस नेटवर्कले हाम्रा सबै ग्राहकहरूलाई तनावरहित र ढुक्कको स्वामित्वको अनुभव सुनिश्चित गर्नेछ । सुजुकीले सन् २०३० सम्म थप ६ नयाँ इभि लन्च गर्ने कम्पनीले जनाएको छ ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्