समय : ०२:२४ am | शनिबार , कार्तिक १४ गते २०८२

फक्सवागनका दुई मोडल भर्टुस र टाइगुन नेपाली बजारमा

अर्थ विशेष | श्रावण २२ गते २०८२

काठमाडौं । ब्रान्ड फक्सवागनका लागि नेपालको वितरक पूजा इन्टरनेसनल नेपाल प्रालिले नाइमा अटो सोमा भर्टुस सेडान र नयाँ टाइगुन गाडीको लन्च गरेको छ । नेपाली ग्राहकलाई लक्षित गरी कम्पनीले यी दुई गाडी लन्च गरेको हो ।

यी दुवै गाडीको यस सेग्मेन्टको सबैभन्दा पावरफुल १.५ लिटरको टर्वो पावर इन्जिन जडान गरिएको कम्पनीले जनाएको छ । अत्याधुनिक प्रविधिद्वारा सुसज्जित यी दुवै गाडीमा पावरको आवश्यकताअनुसार दुई वा चारै सिलिन्डरद्वारा चल्ने १ हजार ५ सय सिसीबाट १ सय ५० हर्ष पावर उत्पादन गर्न सक्षम फ्युल इफिसेन्ट इन्जिन रहेको छ ।

वट्रस जिटी सेडान र टाइगुन एसयुभी विश्वकै उच्चस्तरको सुरक्षा मापदण्ड एन क्यापमा पाँच तारा पाएका मोडल हुन् । फक्सवागन भर्टुस सेडान भए तापनि हाल नेपालमा उपलब्ध धेरै एसयुभीभन्दा पनि बढी अर्थात् १ सय ८० मिलिमिटरको ग्राउन्ड क्लियरेन्सका साथ उपलब्ध रहेको छ ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्