समय : ०९:१२ am | शनिबार , कार्तिक १५ गते २०८२

याडिया भेलाक्स सिरिज नेपालमा

अर्थ विशेष | श्रावण २२ गते २०८२

काठमाडौं । इलेक्ट्रिक दुईपांग्रे सवारी ब्रान्ड याडियाले नेपालमा याडिया भेलाक्स सिरिज नेपालमा सार्वजनिक गरेको छ । कम्पनीको नेपालस्थित आधिकारिक बिक्रेता कुजु नेपाल प्रालिले नाइमा मोबिलिटी एक्स्पोमा दुईपांग्रे सिरिज सार्वजनिक गरेको हो ।

भेलाक्स सिरिजमा भेलाक्स यू (अल्ट्रा पर्फमेन्स), भेलाक्स फास्ट चार्जिङ र भेलाक्स एच (हाइ पर्फमेन्स) रहेको छ । भेलाक्स यूमा ४.९ केडब्लू मोटर र ७४ भी २०एएच डुअल लिथियम आयन ब्याट्रीको साथमा आएको छ, जसले १ सय ४० किलोमिटर रेन्ज र ८० किमि प्रतिघण्टा गति दिन्छ ।

त्यस्तै, भेलाक्स एचमा ३.२ केडब्लु मोटर र ७२ भी ३० एएच ब्याट्रीसहित आएको छ, जसले १ सय किलोमिटरसम्मको रेन्ज दिन्छ । यी स्कुटरमा क्रुज कन्ट्रोल, रिभर्स मोड, किलेस स्टार्ट र स्मार्ट अनलक, मोबाइल एप इन्टिग्रेसन, रिजेनेरेटिभ ब्रेकिङ, युएसबी चार्जिङ पोर्ट, एलईडी लाइट र पूर्ण डिजिटल ड्यासबोर्डजस्ता फिचर रहेको कम्पनीले जनाएको छ । कम्पनीले भेलाक्स मोडलहरूमा ३ वर्ष वा ३० हजार किमिको वारेन्टी दिएको छ ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्