काठमाडौं । नेपाली बजारमा ९ लाख ५० हजार रूपैयाँ मूल्य पर्ने नयाँ इलेक्ट्रिक गाडी (ईभी ) किन्न पाइने भएको छ । हिमालयन ईभी प्रालिले एनयू ब्रान्डको ‘र्यापटर ’ नामक रेन्ज एक्सटेन्डर ईभी बजारमा किन्न पाइने जनाएको छ ।
कम्पनीका कार्यकारी निर्देशक पेम साङबो शेर्पाले ग्राहकको मागलाई मध्येनजर गर्दै सस्तो कार नेपाल भित्र्याएको बताए । शेर्पाले भने, ‘हामीले यो ईभी चिनबाट ल्याएका हौं । याे हालसम्मकै सस्तो कार हाे, सबैले किन्न सक्ने मूल्य छ, यसमा बीमा छुट पनि दिएका छाैं,' उनले भने ।चार ढोका र चार सिट भएको याे कारले दोस्रो पुस्ताको मन जित्ने अनुमान गरिएकाे छ । कम्पनीले सुरुवाती अफर अन्तर्गत ग्राहकहरूलाई १० हजारदेखि १ लाख रुपैयाँसम्मको नगद छुट कुपन प्रदान गर्ने जनाएको छ ।
चीनको शानडोङमा निर्मित यस कारको लम्बाइ २९०० एमएम, चौडाइ १३८० एमएम र उचाइ १६५० एमएम छ । यसमा २००० एमएमको ह्वीलबेस र १६५ एमएमको ग्राउन्ड क्लियरेन्स रहेको छ, कार नेपाली सडकका लागि उपयुक्त छ ।