समय : ०८:०९ pm | आइतबार , असार २२ गते २०८२

एमजी हेक्टरको नयाँ अवतार लन्च

अर्थ विशेष | वैशाख १२ गते २०८२

काठमाडौं । जेएसडब्ल्यू एमजी मोटर इन्डियाले आफ्नो प्रसिद्ध एसयूभी एमजी हेक्टरलाई नयाँ सरकारी नियमहरुअनुसार अपडेट गरेपछि भारतीय बजारमा लन्च गरेको छ।

कम्पनीले अब यो एसयूभीलाई नयाँ ई२० अनुरुप इन्जिनका साथ अपडेट गरेको बजारमा लन्च गरेको छ। आकर्षक लुक्स र शक्तिशाली इन्जिनले सुसज्जित यो एसयूभीको सुरुआती मूल्य भारु १३.९९ लाख (एक्स–शोरुम) तोकिएको छ। सरकारको नयाँ नियम अनुसार भारतमा अप्रिल १ पछि निर्मित पेट्रोल सवारीसाधनमा ई२० इन्धन इन्जिन अनिवार्य रुपमा उपलब्ध गराउनुपर्नेछ।

भारत सरकारको आदेशका आधारमा एमजी मोटरले मार्च ३१ देखि ई२० हेक्टरको उत्पादन सुरु गरेको हो। कम्पनीले आफ्नो मिडनाइट कार्निवल अफरअन्तर्गत हेक्टरमा भारु ४ लाखसम्मको विशेष लाभ पनि प्रदान गरिरहेको छ। यसमा ३ वर्षको स्ट्यान्डर्ड वारेन्टी र २ वर्षको रोडसाइड असिस्टेन्सका साथै २ वर्ष वा १ लाख किलोमिटरको एक्सटेन्डेड वारेन्टी पनि छ। कम्पनीको दाबी छ कि यो अफर पैसाका लागि मूल्यवान छ। जसले ५ वर्षसम्मका लागि पिस अफ माइन्ड ओनरसिप प्रदान गर्दछ। यस अफरअन्तर्गत हेक्टर किन्ने २० भाग्यशाली विजेताहरुलाई लन्डनको यात्रा पनि दिइँदैछ।

हेक्टर दुई इन्जिन अप्सनमा उपलब्ध छ। जसमा १.५ लिटर टर्बो पेट्रोल र २ लिटर डिजेल इन्जिनको अप्सन उपलब्ध छ। पेट्रोल इन्जिनले १४१ बीएचपी पावर र २५० एनएम टर्क जेनेरेट गर्छ। यो दुई ट्रान्समिसन विकल्पहरुमा आउँछ जसमा ६–स्पिड म्यानुअल ट्रान्समिसन र सीभीटी अटोमेटिक ट्रान्समिसन समावेश छ।

अर्कोतर्फ २–लिटर डिजेल स्टेलान्टिसबाट प्राप्त गरिन्छ र यो इन्जिनले १६८ बीएचपी पावर र ३५० एनएम टर्क उत्पादन गर्छ। यो इन्जिन ६–स्पीड म्यानुअल ट्रान्समिसनमा मात्र उपलब्ध छ। यसको अर्थ डिजेल इन्जिनका साथ ग्राहकले केवल एउटा ट्रान्समिसनको अप्सन पाउनेछन्।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्