काठमाडौं । नेपाली नयाँ वर्ष २०८२ को अवसरमा इलेक्ट्रिक स्कुटर ब्रान्ड सुनराले ग्राहकहरूका लागि छुट योजना सार्वजनिक गरेको छ । 'सुपर सेभ अफर' अन्तर्गत ग्राहकहरूले सुनराका विभिन्न स्कुटर मोडेलहरूमा ६० हजार रुपैयाँसम्मको छुट पाउनेछन् ।
अफर अन्तर्गत के.५ मोडेल १ लाख ६९ हजार ९०० रुपैयाँमा, रोबो–ए ३ लाख २० हजार ९०० रुपैयाँमा र एचडब्ल्युएके २ लाख ३६ हजार ९०० रुपैयाँमा उपलब्ध छन् । साथै, प्रत्येक स्कुटरमा निःशुल्क बीमा, फ्री हेल्मेट र रोड ट्याक्स कम्पनीले तिर्ने व्यवस्था गरिएको छ ।
यो अफर सीमित अवधिको लागि मात्र लागू हुनेछ । इच्छुक ग्राहकहरूले नजिकको सुनरा शोरूममा सम्पर्क गरी यो अफरको लाभ लिन सक्नेछन् ।