समय : ०८:३९ pm | आइतबार , पौष ७ गते २०८१

सिट्रोन ईसी३ को शाइन भेरिएन्ट नेपाली बजारमा

अर्थ विशेष | जेठ २१ गते २०८१

काठमाडौं । नेपालका लागी आधिकारिक वितरक सांग्रिला मोटर्सले आइतबार सिट्रोन ईसी३ को शाइन भेरियन्ट लन्च गरेको हो । कम्पनीले सिट्रोन ईसी३ को टप स्पेक भेरियन्ट ‘शाइन’ ३५ लाख ९९ हजारमै नेपालमा भित्र्याएको हो । उक्त कार हाल बिक्री हुँदै आएको फिल र लाइभ भेरियन्टको तुलनमा फिचर लोडेड छ । नयाँ भेरियन्टलाई कम्पनीले केही दिनयता सडकमा परीक्षण गर्दै आएको थियो भने मूल्य ४० लाखभन्दा कम पर्ने बताउँदै आएको थियो ।

सिट्रोन ईसी३ शाइनमा लेदर स्टेरिङ ह्विल, रियर भ्यू क्यामेरा, इलेक्ट्रीकल ओआरभीएम, १५ इन्चको आकर्षक डायमण्ड कट एलोई ह्वील, फ्रन्ट र रियर स्कीड प्लेट, वाइपर र रियर डिफगर लगायत फिचर थप गरिएको छ । फिचर थप भएसँगै यो कार फिल भेरियन्टको तुलनामा जम्मा एक लाख रुपैयाँले मात्र महँगो परेको हो । कम्पनीले यसको फील भेरियन्टलाई ३५ लाख र लाइभलाई ३३ लाख रुपैयाँमा बिक्री गर्दै आएको छ ।

सिट्रोन ईसी३ मा २९.२ किलोवाट आवरको लिथियम आयोन ब्याट्री तथा ४२ किलोवाट क्षमताको मोटर जडान गरिएको छ । यो कारको ब्याट्रीलाई एकपटक पूर्ण चार्ज गर्दा तीन सय २० किलोमिटर रेन्ज पाउन सकिने कम्पनी दाबी छ । यसको ब्याट्रीलाई डिसी फास्ट चार्जरको साहयताले ५७ मिनेटमै १० देखि ८० प्रतिशतसम्म चार्ज गर्न सकिन्छ भने एसी चार्जरले १० घन्टा ३० मिनेटमा पूर्ण चार्ज गर्न सकिन्छ । साथै यसमा पोर्टेवल चार्जिक केवल समेत पाउन सकिन्छ ।

फ्रन्ट ह्विल ड्राइभ सिस्टम दिइएको यो कारको अधिकतम पावर ५७ पिएस र टर्क एक सय ४३ एनएम छ । यसैगरी, टप स्पिड एक सय सात किलोमिटर र ग्राउन्ड क्लिरियन्स एक सय ७० एमएम छ । यूरो एनक्यापको सेफ्टी टेष्टमा ४ स्टार रेटिङ पाउन सफल ईसी३ मा फ्रन्ट डुअल एयरब्याग, एबिएस र इबिडी लगायत अन्य धेरै सेफ्टी फिचर समेत पाउन सकिन्छ ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्