समय : ०६:३० pm | बिहिबार , वैशाख ११ गते २०८२

बीवाईडीको ‘सीलायन सेभेन ई एसयूभी’ भारतमा सार्वजनिक

अर्थ विशेष | माघ १० गते २०८१

काठमाडौं । बीवाईडी भारतले सीलायन सेभेन ई एसयूभी सार्वजनिक गरेको छ । बीवाईडी भारतले भारत मोबिलिटी ग्लोबल एक्स्पो- २०२५ मा सीलायन सेभेन ई एसयूभी सार्वजनिक गरेको हो ।

बीवाईडी भातरले पूर्ण विद्युतीय एसयूभीको बुकिङ सुरु भइसकेको जनाएको छ । सीलायन सेभेनमा ८२.५६ किलोवाट हावर्स ब्लेड ब्याट्री रहेको छ । यो ईभी प्रिमियम र परफर्मेन्स भेरियन्टमा उपलब्ध छ । परफर्मेन्स भेरियन्ट : ३९० किलोवाट (६९० एनएम), ०-१०० किमि/घण्टा ४.५ सेकेन्डमा, ५४२ किमि दायरा प्रिमियम भेरियन्ट : २३० किलोवाट (३८० एनएम), ०-१०० किमि/घण्टा ६.७ सेकेन्डमा, ५६७ किमि दायरा यो एसयूभी वोल्फग्याङ एगरले डिजाइन गरेका हुन् । जसमा एयरोडायनामिक ‘ओसियन एक्स’ शैली, १५.६ इन्चको घुम्ने टचस्क्रिन समावेश छन् ।

भीटीओएल (भेइकल-टु-लोड) क्षमता जसले विद्युतीय उपकरणहरू चलाउन सकिने र स्मार्ट टोर्क कन्ट्रोलले ह्यान्डलिङ सुधार्ने कम्पनीले जनाएको छ । यसको आधिकारिक मूल्य फेब्रुअरी १७ मा सार्वजनिक गरिने जनाइएको छ ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्