समय : ०७:३० am | बिहिबार , श्रावण १५ गते २०८२

सोच, अध्ययन र गुरुयोजनाको अभावमा सिमित स्रोतको उच्चतम परिचालनबाट मुलुक बन्चित

अर्थ विशेष | चैत्र २५ गते २०८१

काठमाडौं । हाम्रो सिमित स्रोत पूर्ण क्षमता भन्दा कम अर्थात (सब-अप्टिमल) स्तरमा परिचालन भएका थुप्रै उधाहरणहरु मध्ये यो योजना पनि एक ज्वलन्त उधाहरण हो । घासा, मुस्ताङ्गमा बन्ने यो १८० मेगावाटको यो जलविद्युत आयोजना थकाली जातिको उद्गम स्थल थाकखोलामा बन्न सक्ने मुलुक कै सर्वोत्कृष्ट जलासय आयोजना सम्भवतः पूर्णरुपले मासिनेछ र जलस्रोतको उच्चतम परिचालनबाट हुने बृहत लाभबाट यो क्षेत्र (धौलागिरी, गण्डकी) सदाको लागि बन्चित हुनेछ ।

घासा देखि ७ किलो मिटरको उत्तरमा (सोझो दुरी करिब ४ किलोमिटर मात्र) रहेको धम्पु, कालोपानीमा बाँध निर्माण गरेर टुक्चे सम्मको १५ किलोमिटर लामो बिशाल बगरमा पानी जमाई केवल १२ किलोमिटर को सुरुङ्ग मार्फत १,२०० मिटरको उचाई (हेड) निस्कने गरी दानामा विद्युत गृह निर्माण मार्फत हजार मेगावाट भन्दा धेरै क्षमताको बिशाल जलासय विद्युत परियोजना निर्माण गर्न सकिन्छ ।

अत्यन्त न्यून परिवार प्रभावित हुने र मुवाब्जा पनि नगन्य लाग्ने यो देश कै अपबाद जलविद्युत परियोजना हुनेछ र स्थान, लागत, उत्पादन क्षमता, र सामाजिक तथा वातावरणीय प्रभावका हिसाबले देशकै उत्कृष्ट जलासय परियोजना हुनेछ । समुद्री तहबाट करिब ३ हजार मिटरको उचाईमा रहेको यो थाकखोला क्षेत्र हरेक कोणले प्रकृतिको उत्कृष्ट बरदान हो । यो क्षेत्र देशको मध्य भागमा पर्ने भएकोले यो परियोजनाबाट देशभर कम लागतमा गुणस्तरीय विद्युत वितरण तथा आपूर्ति गर्न सहज हुनेछ ।

उत्पादन क्षमताको हिसाबले बुढीगण्डकी जल बिद्युत आयोजना भन्दा ठुलो भए पनि लागतको हिसाबले तीन गुणा सस्तो पर्ने र उच्च प्रतिफल दिने आयोजना भएकोले पूर्णरुपले आन्तरिक लगानीमा निर्माण गर्न सकिने छ । अहिले सम्म मुलुकको जलविद्युतको वास्तविक क्षमता निर्धारण गर्न नसक्नु, जलस्रोतलाई जलविद्युतको संकुचित दृष्टिकोणले मात्र हेर्नु, जलस्रोतको समग्र गुरुयोजना तयार गर्न नसक्नु, र नेपाललाई जलस्रोतको दोस्रो धनी देश भनेर गलत सुचना प्रवाह गर्नु अत्यन्तै लज्जास्पद अवस्था हो ।

नेपालको जलस्रोतको बृहत गुरुयोजना तयार गर्न IIDS जस्ता स्थानीय सोच केन्द्र (थिङ्क ट्यांक) सक्षम र तयार छ, बिदेशी संस्थाको मुख ताक्नु पर्दैन है सरकार ! -विश्वास गौचन

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्