समय : १०:३० am | बुधबार , माघ २१ गते २०८२

सुदूरपश्चिममा धान उत्पादनमा वृद्धि

अर्थ विशेष | मंसिर १ गते २०८२

दोधारा चाँदनी (कञ्चनपुर)। सुदूरपश्चिम प्रदेशमा पछिल्ला वर्षमा धानको उत्पादकत्वमा वृद्धि भएको छ। कृषि विकास निर्देशनालय सुदूरपश्चिमका अनुसार यस वर्ष प्रदेशभर ६ लाख ८७ हजार ८७७ मेट्रिकटन धान उत्पादन भएको छ, जुन गत वर्षको ६ लाख ३६ हजार २९६ मेट्रिकटनभन्दा बढी हो।निर्देशनालयका सूचना अधिकारी केशवराज पाण्डेयका अनुसार उत्पादनमा वृद्धि खेती गर्ने तरिका सुधार र उन्नत जातको बीउ प्रयोगका कारण भएको हो। “उन्नत जातको बीउले १०–१५ प्रतिशतसम्म उत्पादन बढाउँछ,” पाण्डेयले बताए।कञ्चनपुर र कैलाली जिल्लामा उत्पादन सबैभन्दा बढी रहेको छ। कञ्चनपुरमा ४.४ र कैलालीमा ४.५ प्रतिहेक्टर उत्पादन भएको छ। कृषि ज्ञान केन्द्र कञ्चनपुरका धर्मबहादुर साउँदले सिँचाइ सुविधा र अनुदानमा उपलब्ध गराइने बीउबिजनले पनि वृद्धि भएको बताए।

साना सिँचाइ तथा महाकाली सिँचाइ आयोजना (पहिलो र दोस्रो चरण) मार्फत कञ्चनपुरमा ५१ हजार २५० हेक्टर क्षेत्रमा सिँचाइ सुविधा उपलब्ध भएको छ। सुदूरपश्चिम प्रदेशका यी जिल्लालाई अन्न भण्डारका रूपमा चिनिन्छ र यहाँको उत्पादनले प्रदेशका अन्य पहाडी जिल्लामा खाद्य आपूर्ति गर्ने गरेको छ।

सुदूरपश्चिममा धान उत्पादनमा वृद्धि
दोधारा चाँदनी (कञ्चनपुर)। सुदूरपश्चिम प्रदेशमा पछिल्ला वर्षमा धानको उत्पादकत्वमा वृद्धि भएको छ। कृषि विकास निर्देशनालय सुदूरपश्चिमका अनुसार यस वर्ष प्रदेशभर ६ लाख ८७ हजार ८७७ मेट्रिकटन धान उत्पादन भएको छ, जुन गत वर्षको ६ लाख ३६ हजार २९६ मेट्रिकटनभन्दा बढी हो।निर्देशनालयका सूचना अधिकारी केशवराज पाण्डेयका अनुसार उत्पादनमा वृद्धि खेती गर्ने तरिका सुधार र उन्नत जातको बीउ प्रयोगका कारण भएको हो। “उन्नत जातको बीउले १०–१५ प्रतिशतसम्म उत्पादन बढाउँछ,” पाण्डेयले बताए।

कञ्चनपुर र कैलाली जिल्लामा उत्पादन सबैभन्दा बढी रहेको छ। कञ्चनपुरमा ४.४ र कैलालीमा ४.५ प्रतिहेक्टर उत्पादन भएको छ। कृषि ज्ञान केन्द्र कञ्चनपुरका धर्मबहादुर साउँदले सिँचाइ सुविधा र अनुदानमा उपलब्ध गराइने बीउबिजनले पनि वृद्धि भएको बताए।

साना सिँचाइ तथा महाकाली सिँचाइ आयोजना (पहिलो र दोस्रो चरण) मार्फत कञ्चनपुरमा ५१ हजार २५० हेक्टर क्षेत्रमा सिँचाइ सुविधा उपलब्ध भएको छ। सुदूरपश्चिम प्रदेशका यी जिल्लालाई अन्न भण्डारका रूपमा चिनिन्छ र यहाँको उत्पादनले प्रदेशका अन्य पहाडी जिल्लामा खाद्य आपूर्ति गर्ने गरेको छ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्