महोत्तरी । सयममा वर्षात् नहुँदा जिल्लामा धान रोपाइँ न्यून भएको छ । मध्य असार बित्नलाग्दा यहाँ तयार बीउ र पानीको अभावले रोपाइँ पछि परेको हो ।जिल्लामा कुल खेतीयोग्य जग्गा करिब ७१ हजार हेक्टरमध्ये धानखेती ४५ देखि ५० हेक्टरसम्म गरिँदै आइएको छ । तर यसपालि अनुकूल वर्षा नहुँदा ब्याड राख्न भएको ढिलाइ र रोपाइँका लागि पानी नपुग्दा धानखेती पछि परेको कृषि ज्ञान केन्द्रले जनाएको हो ।
“अनुकूल वर्षा नहुँदा किसानले समयमा ब्याड राख्न सकेनन्, अहिले रोपाइँ गर्नुपर्ने बेलामा पनि पानी पर्न सकेन, त्यसैले यहाँको रोपाइँ कम भएको छ”, कार्यालय प्रमुख तथा वरिष्ठ कृषि अधिकृत देवानन्द यादवले भने ।जिल्लामा कुल खेतीयोग्य जग्गा करिब ७१ हजार हेक्टरमध्ये धानखेती ४५ देखि ५० हेक्टरसम्म गरिँदै आइएको छ । तर यसपालि अनुकूल वर्षा नहुँदा ब्याड राख्न भएको ढिलाइ र रोपाइँका लागि पानी नपुग्दा धानखेती पछि परेको कृषि ज्ञान केन्द्रले जनाएको हो ।
“अनुकूल वर्षा नहुँदा किसानले समयमा ब्याड राख्न सकेनन्, अहिले रोपाइँ गर्नुपर्ने बेलामा पनि पानी पर्न सकेन, त्यसैले यहाँको रोपाइँ कम भएको छ”, कार्यालय प्रमुख तथा वरिष्ठ कृषि अधिकृत देवानन्द यादवले भने ।