समय : ०२:३२ am | सोमबार , वैशाख २७ गते २०८३

सिद्धार्थ बैंकका ग्राहकलाई मिराबेल रिसोर्टमा १५ % सम्म छुट

अर्थ विशेष | भाद्र २३ गते २०८१

काठमाडौं । सिद्धार्थ बैंक र मिराबेल रिसोर्ट एण्ड होटेल प्रालिबीच सम्झाैता भएकाे छ । दुवैबीच विभिन्न सेवामा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको हाे ।सम्झौताअनुसार बैंकका ग्राहकले काभ्रेको धुलिखेलस्थित मिराबेल रिसोर्टमा बैंकको कार्ड तथा मोबाइल बैंकिङ सेवाबाट भुक्तानी गर्दा फुड र बेभरेजका साथै होटल बसाइ सेवामा १५% सम्म छुट प्राप्त गर्न सक्नेछन् ।

यस सम्झौताले ग्राहकलाई छुटको सुविधा दिनुका साथै कारोबारबाट डिजिटल कारोबारमा जान पनि उत्प्रेरित गर्ने विश्वास बैंकले लिएको छ ।

यससम्बन्धमा थप जानकारीका लागि बैंकको ग्राहक सेवा केन्द्र, ‘सिद्धार्थ केयर’ मा सम्पर्क गरी बुझ्न सकिने बैंकले जनाएकाे छ ।

बैंकले डिजिटल भुक्तानीको प्रयोगलाई बढाउन र ग्राहकलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्नका लागि ‘सिद्धार्थ रिवार्ड्स’ नामक लोयल्टी सेवा पनि सञ्चालनमा ल्याइसकेको छ ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्