समय : ०४:३७ am | सोमबार , वैशाख २७ गते २०८३

सुनको मूल्यमा कीर्तिमान, तोलामा एक हजार तीन सयले वृद्धि

अर्थ विशेष | भाद्र २१ गते २०८१

काठमाडौँ, २१ भदौः स्थानीय बजारमा आज सुनको मूल्यले नयाँ कीर्तिमान कायम गरेको छ । हिन्दु नारीहरुको महत्त्वपूर्ण पर्व हरितालिका तीजको रमझम चलिरहेको बेला सुनको मूल्यले नयाँ कीर्तिमान कायम गरेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार, सुनको मूल्य प्रति तोला रु एक हजार तीन सयले वृद्धि भएको छ । विहीबार प्रतितोला रु एक लाख ५२ हजारमा कारोबार भएको छापावाला सुनको मूल्य आजका लागि रु एक लाख ५३ हजार तीन सय निर्धारण भएको छ ।

चाँदीको मूल्य तोलामा रु ३० ले वृद्धि भएको छ । विहीबार तोलामा रु एक हजार सात सय ६५ मा कारोबार भएको चाँदीको मूल्य आजका लागि भने रु एक हजार सात सय ९५ निर्धारण भएको छ । 

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्