समय : ०८:१५ am | सोमबार , वैशाख २८ गते २०८३

नवलपुरमा तरकारीको विषादी परीक्षण गर्न प्रयोगशाला खुल्यो

अर्थ विशेष | भाद्र १९ गते २०८१

१९ भदौ, नवलपरासी । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको कावासोतीमा विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला एकाइ स्थापना गरिएको छ । नेपाल सरकारको कृषि तथा पशुपक्षी विकास मन्त्रालय कृषि विभागअन्तर्गत केन्द्रीय कृषि प्रयोगशालाले जिल्लाको कावासोतीमा रहेको कृषि थोक बजारमा विषादी परीक्षण प्रयोगशाला स्थापना गरेको हो ।

कावासोतीमा स्थापना गरिएको प्रयोगशालाबाट तरकारी तथा फलफूलमा विषादीको जाँच गरिने केन्द्रीय कृषि प्रयोगशालाका वरिष्ठ बाली विकास अधिकृत राजीवदासराज भण्डारीले बताए । कावासोतीस्थित कृषि थोक बजारमा स्थापना गरिएको विषादी अवशेष दु्रत विश्लेषण प्रयोगशाला एकाइबाट यस थोक बजारमा दैनिक रुपमा तरकारी तथा फलफूलको विषादी परीक्षण गरिने छ ।

थोक बजारमा बिक्रीका लागि विभिन्न स्थानबाट आउने तरकारी तथा फलफूलको परीक्षणसँगै आवश्यकताका आधारमा जिल्लाका अन्य बजार, पकेट क्षेत्रमा उत्पादन हुने तरकारी, सीमा क्षेत्रबाट आउने तरकारी तथा फलफूलको समेत विषादी परीक्षण गरिने वरिष्ठ बाली विकास अधिकृत भण्डारीले बताए ।

कृषि थोक बजारबाट नियमित रुपमा नमूना सङ्कलन गरी मुख्य गरी कार्बामेट र अर्गानोफस्पेट दुई समूहमा पर्ने विभिन्न विषादीको परीक्षण गरिने केन्द्रीय कृषि प्रयोगशालाका बाली संरक्षण अधिकृत विवेक सुनारले बताए । यी विषादी धेरै घातक हुने भएकाले यसको परीक्षण गरिने उनले बताए ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्