समय : ०३:२७ pm | सोमबार , वैशाख २८ गते २०८३

ग्लोबल आइएमई बैंक, एमएडब्लु वृद्धि मोटर्स र अटोकर्पबीच सवारी कर्जा सम्बन्धी सम्झौता

अर्थ विशेष | भाद्र १४ गते २०८१

काठमाडौं । ग्लोबल आइएमई बैंक, एमएडब्लू वृद्धि मोटर्स तथा एमएडब्लु वृद्धि अटोकर्प बीच सहजरुपमा विद्युतीय सवारी कर्जा प्रवाह गर्ने सम्बन्धी समझदारी भएको छ ।

उक्त समझदारी पत्रमा बैंकका साना, मझौला, खुद्रा तथा कृषि कर्जा विभाग प्रमुख नरहरि सिलवाल र एमएडब्लू वृद्धि मोटर्स प्रालि तथा एमएडब्लू वृद्धि अटोकर्प मोटर्सका ग्रूप डाइरेक्टर गोपालकुमार अग्रवालले हस्ताक्षर गरेका छन् ।समझदारी अनुसार एमएडब्लू वृद्धि मोटर्स एवम् एमएडब्लू वृद्धि अटोकर्प मोटर्स तथा कम्पनीका आधिकारिक बिक्रेताले बिक्री गर्ने विद्युतीय गाडीहरु दीपल, सेरेस र नाम्मी खरिद गर्ने व्यक्ति वा कम्पनीहरुले आवश्यक कागजातसहित बैंकमा निवेदन दिएको तीन कार्यदिन भित्र सरल ब्याजदरमा कर्जा उपलब्ध गराइने छ ।

दीपल र सेरेस ब्राण्डका विद्युतीय गाडीहरु नेपाली प्रयोगकर्ताहरुमाझ लोकप्रिय रहेको भन्दै कम्पनीले नाम्मी ब्राण्डको नयाँ विद्युतीय गाडी नेपाली बजारमा बिक्री गर्न शुरु गरिसकेको बताएको छ ।

ग्रिन फाइनान्सिङ प्रवर्द्धन गर्न बैंकले विद्युतीय सवारी साधनलाई सर्वसुलभ ब्याजदरमा कर्जा प्रवाह गर्दै आएको बताएको छ । ग्राहकको सुविधालाई ध्यानमा राखेर बैंकले विभिन्न किसिमका समयसान्दर्भिक योजनाहरु ल्याएर ग्राहकहरुलाई लाभान्वित गर्दै आएको पनि बताएको छ ।

७७ वटै जिल्लामा शाखा सञ्जाल रहेको यो निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो । कम्पनीले ३५४ शाखा कार्यालय, ३७९ एटिएम, २५५ शाखा रहित बैंकिङ्ग सेवा, ६८ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर तथा ३ वटा बैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी १ हजार १०० भन्दा बढि सेवा केन्द्रबाट सेवा प्रदान गर्दै आइरहेको छ

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्