समय : ०४:५२ pm | सोमबार , वैशाख २८ गते २०८३

कुमारी बैंक र र्‍याडिसन होटल बीच छूट दिने सम्झौता

अर्थ विशेष | भाद्र १३ गते २०८१

कुमारी बैंक र र्‍याडिसन होटल लाजिम्पाट, काठमाडौं बीच छूट प्रदान गर्ने सम्झौता भएको छ ।

सम्झौता अनुसार कम्पनकिा डेबिटकार्ड तथा क्रेडिटकार्ड प्रयोगकर्ताहरुलाई होटलबाट प्रदान गरिने विभिन्न सेवा तथा सुबिधाहरुमा आर्कषक छूट प्रदान गरिने छ ।

साथै कम्पनीका डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्ताले र्‍याडिसन होटलबाट प्रदान गरिने खाद्य तथा पेय पदार्थमा १५ प्रतिशत, पेस्ट्री सपमा १०प्रतिशत, फिटनेस सम्बन्धि सेवामा २०प्रतिशत, ट्रानक्विलिटी स्पा तथा एअरपोर्ट रेष्टुरेन्ट सेवामा १५ प्रतिशत र केकहरुमा १० प्रतिशत छूट प्राप्त गर्न सक्नेछन् ।

यसप्रकारको सम्झौतापछि सेवाग्राहीहरुले गुणस्तरिय सेवा प्राप्त गर्नुका साथै होटलबाट प्रदान गरिने सेवा सुविधाहरु सहुलियतदरमा प्राप्त गर्न सक्ने विश्वास लिएको कम्पनीले बताएको छ ।

कम्पनीले देशभर रहेका ३०२ शाखा सञ्जाल, ३१४ एटीएम, ५० एक्सटेन्सन काउन्टर तथा ५७ शाखा रहित बैंकिङ्ग इकाईहरु मार्फत ग्राहकलाई अत्याधुनिक तथा प्रभावकारी सेवाहरु प्रदान गर्दै आइरहेको छ ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्