समय : ०८:३८ pm | सोमबार , वैशाख २८ गते २०८३

नेप्से परिसूचक १११ अंकले घट्यो, १८ अर्ब ६४ करोडको कारोबार

अर्थ विशेष | भाद्र ११ गते २०८१

काठमाडौं । नेप्से परिसूचकमा आज भारी अंकले गिरावट आएको छ । आज नेप्से परिसूचक १११.९६ अंकले घटेको हो । गिरावटसँगै नेप्से २ हजार ७८२ अंकमा कायम भएको छ । यस दिन कुल १८ अर्ब ६४ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।

आज २० कम्पनीको मूल्य बढ्दा २२३ को घटेकाे छ । एउटाको स्थिर रह्यो । होटल तथा पर्यटन समूहको सूचक ०.४३ प्रतिशत बढ्यो भने अरु सबै क्षेत्रका सूचक उच्च दरले घटेका छन् ।

आज बैंकिङ ४.९५, विकास बैंक ४.१८, फाइनान्स ४.६९, हाइड्रोपावर ३.९६, लगानी ४.१३, जीवन बीमा ३.६५, उत्पादन २.९३, माइक्रोफाइनान्स २.९६, निर्जीवन बीमा २.४५, अन्य ३.८५ र व्यापार समूहको सूचक २.१६ प्रतिशत घटेका छन् ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्