फोन पेले लोकप्रिय आइसक्रिम ब्राण्ड बास्किन- रोबिन्ससँगको सहकार्यमा नयाँ अभियान फोन ट्याग स्कुप एण्ड सेभ घोषणा गरेको छ ।
कम्पनीले आफ्ना ग्राहकका लागि देशभरिका बास्किन- रोबिन्स आउटलेटमा ५० प्रतिशत क्यासब्याक अर्थात २०० रुपैयाँसम्मको लाभ लिन सक्ने गरी नयाँ अभियान शुरु गरेको हो ।
यस्टो छूट पाउनका लागि ग्राहकले फोन पे एप वा फोन ट्याग सक्षम मोबाइल बैंकिङ एपमार्फत भुक्तानी गर्नुपर्नेछ।
कम्पनीका प्रमुख रणनीति अधिकारी सुवोध शर्माले फोन ट्याग स्कुप एण्ड सेभ अभियानका लागि बास्किन रोबिन्ससँगको सहकार्यबाट कम्पनी निकै उत्साही रहेको बताएका छन् ।
फोन ट्याग भुक्तानी प्रविधिमा एक महत्वपूर्ण कदम हो, जसले प्रयोगकर्तालाई सजिलै कन्ट्याक्टलेस पेमेन्ट गर्न सक्षम बनाउने पनि उनले बताएका छन् । बास्किन-रोबिन्सका १८ वटा आउटलेट छन्।






