समय : १२:२२ am | मङ्गलबार , वैशाख २८ गते २०८३

सुनको मूल्य तोलामा एक हजारले वृद्धि

अर्थ विशेष | भाद्र ९ गते २०८१

काठमाडौँ। स्थानीय बजारमा आज सुनको मूल्य तोलामा रु एक हजारले वृद्धि भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार प्रतितोला रु एक लाख ५१ हजार चार सयमा कारोबार भएको छापावाला सुन आजका लागि रु एक लाख ५२ हजार चार सय निर्धारण भएको छ ।

यस्तै, चाँदीको मूल्य तोलामा रु ३५ ले वृद्धि भएको छ । शुक्रबार प्रतितोला रु एक हजार आठ सय १५ मा कारोबार भएको चाँदीको मूल्य आजका लागि रु एक हजार आठ सय ५० निर्धारण भएको छ ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्