समय : ०१:५५ am | मङ्गलबार , वैशाख २८ गते २०८३

नेशनल लाइफको साधारणसभा सम्पन्न, लाभांश प्रस्ताव पनि पारित

अर्थ विशेष | भाद्र ७ गते २०८१

काठमाडौँ । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको ३६औं वार्षिक साधरणसभा शुक्रबार सम्पन्न भएको छ।

सभाले हाल कायम चुक्तापूँजीको १० प्रतिशत नगद लाभांश र चार प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।

साथै सोही सभाले आर्थिक वर्ष (आव) २०७९/८० को वार्षिक एवं लेखापरीक्षकको प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाव, नगद प्रवाह लगायतका वित्तीय विवरण छलफल गरी आव २०८०/८१ का लागि लेखापरीक्षक नियुक्त गरी निजको पारिश्रमिक निर्धारण गरेको छ।

सभाले आव २०७९/८० मा भएको खर्च अनुमोदन गर्ने विशेष प्रस्ताव पनि पारित गरेको छ ।सो अवसरमाकम्पनीका अध्यक्ष प्रेमा राज्य लक्ष्मी सिंहले आर्थिक वर्ष २०७९/०८० मा कम्पनीको सबै वित्तीय सूचाङ्कहरु उत्साहप्रद रहेको बताइन् ।

नेपाल बीमा प्राधिकरणले जीवन बीमा कम्पनीको चुक्तापूँजी ५ अर्ब रुपैयाँ पुर्‍याउनु पर्ने वाध्यात्मक व्यवस्था गरेकोमा चार प्रतिशतको वोनस शेयर थप भई कम्पनीको कुल चुक्तापूँजी ५ अर्ब २१ करोड २१ लाख ३३ हजार८२ रुपैयाँ पुगेको छ ।

कम्पनीका अनुसार आर्थिक वर्ष २०७९/०८० मा कम्पनीको कुल बीमाशुल्क १६.६६ प्रतिशतले वृद्धि भई १ हजार ६८०.९० करोड रुपैयाँ पुगेको छ । समीक्षा वर्षको सञ्चालनवाट जम्मा ९३१.८३ करोड रुपैयाँ खुद थप रकम कुल बीमा करार दायित्वमा सारिएको छ र कुल बीमा करार दायित्व गत वर्षको तुलनामा १७.७६ प्रतिशतले वृद्धि भई वर्षान्तमा ६ हजार ५४०.४० करोड रुपैयाँ पुगेको छ ।

कम्पनीको कुल लगानी १५.७२ प्रतिशतले वृद्धि भएर ४ हजार ९७८.२० करोड रुपैयाँ पुगेको छ । कम्पनीको लगानी प्रतिफलमा स्थायित्व ल्याउन दीर्घकालिन निक्षेपमा अधिकतम् लगानी गर्न कम्पनी प्रयासरत छ ।

कम्पनीको लगानीमा वार्षिक औसत प्रतिफल दर आव २०७९/०८० मा ९.४५ प्रतिशत कायम छ ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्