समय : ०४:०३ am | मङ्गलबार , वैशाख २८ गते २०८३

समृद्धि फाइनान्सको जनकपुर शाखाले मनायो दोश्रो वार्षिकोत्सब

अर्थ विशेष | भाद्र ६ गते २०८१

समृद्धि फाइनान्सको जनकपुर शाखा कार्यालयले बुधबारका दिन दोश्रो वार्षिकोत्सब मनाएको छ ।

कार्यक्रममा कम्पनीको जनकपुर शाखाका प्रबन्धक अमर कुमार चौधरीले ग्राहक, नियामक लगायत सरोकारवाला सबैले समृद्धि फाइनान्सप्रति गरेको विश्वास र सहयोग गरेकोमा धन्यावद दिंदै आगामी दिनहरुमा पनि साथ र सहयोगको अपेक्षा राखेको बताए ।

नेपाल राष्ट्र बैंकबाट ‘ग’वर्गको इजाजतपत्र प्राप्त राष्ट्रिय स्तरको उक्त कम्पनीले स्थानीय व्यापारीहरु, वचतकर्ताहरु,बुद्धिजीवि आदिको उपस्थितिमा सम्पन्न गरेको उक्त कार्यक्रममा विभिन्न व्यक्तिहरुले उत्तरोत्तर प्रगतिको शुभकामना दिएका थिए ।

कम्पनीले हाल १३ वटा शाखाहरु मार्फत नगद कारोवार, आरटीजीएस, आईपीएस, कनेक्ट आईपीएस, रेमिटान्स, क्लियरिङ्ग लगायतका बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।

यसका साथै कम्पनीले मोवाइल बैंकिङ, डेबीट कार्ड, क्यूआर कोड आदि डिजिटल सुविधाहरु पनि निशुल्क प्रदान गरिरहेको बताएको छ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्