समय : ०६:१८ am | मङ्गलबार , वैशाख २९ गते २०८३

स्वावलम्बन लघुवित्तद्वारा जीवनोपयोगी सीप तथा व्यवसाय विकास तालिम आयोजना

अर्थ विशेष | भाद्र ५ गते २०८१

काठमाडौँ । स्वावलम्बन लघुवित्त वित्तीय संस्थाले आवद्ध ग्राहक सदस्यहरुका लागि छ दिने जीवन उपयोगी सीप तथा व्यवसाय विकास तालिम आयोजना गरेको छ ।

कम्पनीको शाखा कार्यालय साँखुले ग्राहक सदस्यलाई उद्यमशील बनाई उनीहरुको आर्थिक सामाजिक अवस्थामा सुधार ल्याउने उद्देश्यले साँखुका ३० जना र जोरपाटीका ३० जना ग्राहक सदस्यको सहभागितामा तालिम आयोजना गरेको हो ।

उक्त तालिममा सदस्यहरुलाई सञ्चार गर्ने प्रभावकारी उपायहरु, निर्णय लिन सक्ने क्षमताको विकास, समय तथा तनाव व्यवस्थापन, व्यवसायलाई व्यवस्थित तरिकाले अगाडी लैजान अपनाउनुपर्ने रणनीति जस्ता विषयहरुमा सैद्धान्तिक तथा व्यवहारिक ज्ञान प्रदान गरिएको थियो ।

तालिमको समापनको अवसरमा प्रमुख अतिथि तथा शंखरापुर नगरपालिकाका उपमेयर समिता श्रेष्ठले तालिम व्यवसाय सञ्चालनमा अति उपयोगी भएकाले सिकेका बिषय वस्तुहरुलाई अनिवार्य रुपमा व्यवहारमा उतार्न सक्नुपर्ने बताइन् । त्यसैगरी, गोकर्णेश्वर नगरपालिका ६का वडा सदस्य मञ्जु पुडासैनीले लघुवित्तले गरिवी समाजमा सामुहिक दायित्वका आधारमा विना धितो कर्जा प्रवाह गरेका कारण महिलाहरुको आर्थिक तथा सामाजिक अस्तित्व कायम राख्न ठूलो मद्धत गरेको बताइन् ।

शाखा कार्यालय साँखुका प्रमुख झबिलाल लामिछानेको संयोजकत्वमा सञ्चालन भएको तालिममा केन्द्रीय कार्यालयका नायब महाप्रबन्धक गोविन्द चापागाँईले तालिम पश्चात सिकेका कुराहरुलाई प्रभावकारी रुपमा व्यवहारमा उतारेमा पुनः अन्य तालिमहरु पनि सञ्चालनमा ल्याउन सहज हुने बताए ।

तालिममा कम्पनीको केन्द्रीय कार्यालय, इलाका कार्यालय तथा शाखा कार्यालयका प्रतिनिधिहरुको समेत सहभागीता थियो ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्