समय : १०:४० am | मङ्गलबार , वैशाख २९ गते २०८३

ललितपुरको कुम्मेश्वरमा आगलागी

अर्थ विशेष | भाद्र ३ गते २०८१

काठमाडौं । ललितपुरको कुम्भेश्वरस्थित एक घरमा आज बिहान आगलागी भएको छ ।

घरको सबैभन्दा माथिल्लो तलामा आगलागी भएको हो । ललितपुर महानगरपालिकाको दमकलको सहयोगमा आगो नियन्त्रणमा लिइएको छ । आगो निभाउन ललितपुर महानगरपालिकाका नगर प्रहरीसहितको टोली खटिएको थियो । काठमाडौं महानगरपालिकाको दमकल पनि झिकाइएको थियो ।

ललितपुरको महानगर प्रहरी प्रमुख सिताराम हाछेथुले २५ जना नगर प्रहरी, ३ वटा दमकल र एउटा पानी ट्यांकरको सहयोगमा आगो नियन्त्रणमा लिइएको बताए बंगलामुखी मन्दिर नजिकैको घनाबस्तीमा भएको घरमा आज बिहान करिब नौ बजेतिर आगलागी सुरु भएको थियो ।
उक्त घरको भुइँतलामा मेडिकल पसल र खाजा तथा मिठाइ पसलहरु छन् । आज जात्राको दिन परेकाले मिठाइहरु बनाउने काम जारी थियो । त्यहीबेला घरको दोस्रो तलामा आगो लागेको देखिएको थियो ।

त्यहाँ टिभी कोठा थियो । त्यही टिभी कोठाबाट आगो सल्किएको अनुमान छ ।

आगलागीबाट भएको क्षतिको विवरण खुलिसकेको छैन ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्