समय : ०४:३८ pm | मङ्गलबार , वैशाख २९ गते २०८३

प्रदेश वन निर्देशनालयको भवन निर्माण

अर्थ विशेष | श्रावण ३१ गते २०८१

जनकपुरधाम। मधेश प्रदेश वन निर्देशनालयको भवन निर्माण कार्य सम्पन्न भएको छ । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंह तथा मधेश प्रदेशका वन तथा वातवरणमन्त्री त्रिभुवन साहले आज एक समारोहबीच जनकपुरधाम उपमहानगरपालिका–४ स्थित उक्त भवनको उद्घाटन गरे।

करिब दुई कठ्ठा जमिनमा निमार्ण सम्पन्न भएको सो कार्यालय भवन तीन तलाको रहेको छ । तीन तले सो भवनमा एक सभाहलसहित २१ कोठा रहेका छन् । रामजानकी निर्माण सेवा जनकपुरधामले पाँच करोड चार लाख १९ हजारको लागतमा भवन निर्माण गरेको निर्देशनालयका प्रमुख जगन्नाथप्रसाद जयसवालले जानकारी दिए । भवन निर्माण गर्ने क्रममा तीन पटक म्याद थप गरिएको थियो ।

सो अवसरमा मुख्यमन्त्री सिंहले मधेश प्रदेशअन्तर्गत वनक्षेत्रको विकास एवम् संरक्षण गर्न मधेश प्रदेश सरकारले लिएको नीति तथा कार्यक्रम कार्यावन्यन गर्न तथा गराउन सबैलाई आग्रह गरे । यस्तै प्रदेश वन तथा वातावरण मन्त्री त्रिभुवन साहले वातावरण संरक्षण गर्न वन संरक्षण आवश्यक भएको उल्लेख गरे ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्