समय : ०५:१४ pm | मङ्गलबार , वैशाख २९ गते २०८३

जुम्लामा चार हजार बढी साना तथा घरेलु उद्योग

तारा पौडेल | श्रावण ३१ गते २०८१


जुम्ला । जिल्लामा साना तथा घरेलु उद्योग दर्ताको क्रम बढेको छ ।

उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालयका अनुसार गत आर्थिक वर्षमा जिल्लामा हालसम्म विभिन्न प्रकृतिका चार हजार दुई सय १६ उद्योग दर्ता भएका छन् ।

गत आवमा दुई सय चार नयाँ साना उद्योग दर्ता भएका उक्त कार्यालय निमित्त प्रमुख विनोदकुमार बानियाँले बताए ।दर्ता भएका उद्योगमध्ये उत्पादनमूलकतर्फ १०, कृषि तथा वनजन्य एक सय २२, सेवामूलक ६८ छन् । गत आवमा रु २४ लाख राजस्व सङ्कलने भएको छ ।

यसैबीच, उक्त कार्यालयले गत आवमा आठवटै स्थानीय तहका दुई सय चार जनालाई विभिन्न सीपमूलक तालिम प्रदान गरेको जनाएको छ ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्