समय : ०६:३२ pm | मङ्गलबार , वैशाख २९ गते २०८३

क्यान्सरपीडितलाई २७ लाख सहयोग

अर्थ विशेष | श्रावण ३० गते २०८१


पाँचथर ।सामाजिक सञ्जालको उपयोग गरी पाँचथरकी एक क्यान्सरपीडित महिलाको उपचारका लागि २७ लाख बढी रकम सङ्कलन भएको छ ।

फालेलुङ गाउँपालिका–६ ओगेम्बाकी ३५ वर्षीया सजिना राईको उपचारका लागि फेसबुकको माध्यमबाट २७ लाख ११ हजार चार सय २९ रुपैयाँ सङ्कलन भएको हो ।

स्तन क्यान्सर पीडित सजिनाको उपचारमा आर्थिक अभाव भएपछि दीपज्योति युवा क्लबका कार्यकारी निर्देशक सुनिल बान्तवाले फेसबुकमार्फत सहयोगको आग्रह गरेका थिए ।

हालै सङ्कलित रकम सजिनालाई हस्तान्तरण गरिएको हो । प्राप्त रकमबाट उनको शल्यक्रिया भएको छ । आफ्नो जीवन रक्षाका खातिर रकम प्रदान गर्ने सबैमा उनले हार्दिक कृतज्ञता ज्ञापन गरेकी छिन् ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्