समय : ०७:१७ pm | बिहिबार , भाद्र १८ गते २०८३

प्रभु बैंकमा आबद्धले मेदान्ता द मेडिसिटी हस्पिटलमा विशेष छुट पाउने

अर्थ विशेष | भाद्र १८ गते २०८३

काठमाडौं । प्रभु बैंकका कर्मचारी तथा परिवारजनहरु, प्रभु बैंकका डेबिट तथा क्रेडिट कार्डबाहकहरुलाई भारत स्थित गुरुग्राम हरियाणा मेदान्ता–द मेडिसिटी हस्पिटलको सेवा सुविधामा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ । उक्त सम्झौता अनुसार बालिरङ्ग सेवामा सबै परामर्शहरु तथा ल्याबोरेटरी र रेडियोलोजीे जाँचहरुमा मेदान्ता–द मेडिसिटी हस्पीटलको प्रचलित दरमा १५% छुट पाउने भएका छन् । त्यसैगरी अन्तरंग सेवामा कोठाको भाडा तथा ल्याबोरेटरी र रेडियोलोजीे जाँचहरुमा मेदान्ता–द मेडिसिटी हस्पीटलको प्रचलित दरमा १५% छुट पाउने भएका छन्् ।

उक्त सम्झौतापत्रमा मेदान्ता–द मेडिसिटी हस्पिटलका तर्फबाट प्रमुख –कर्पोरेट साझेदारी सत्य चतुर्वेदी र प्रभु बैंक लि.का तर्फबाट कन्ट्री हेड – भारत सुनिल मिश्राको संयुक्त हस्ताक्षर बिच सम्पन्न भएको हो । यो सम्झौता १५ अगस्ट २०२६ देखि प्रारम्भ भई १४ अगस्ट २०२८ सम्म कायम रहनेछ ।

यस बैंकका नेपालभर रहेका ३०० शाखा कार्यालयहरु, २६२ एटीएम साथै ६६ एक्सटेन्सन काउन्टर मार्फत करिब ३८ लाख भन्दा बढि ग्राहकहरुलाई गुणस्तरीय सेवा प्रवाह गर्दै अघि बढिरहेको छ ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्