समय : ११:०९ am | बुधबार , भाद्र १७ गते २०८३

भोटेकोशी र त्रिशुली नदीको बाढीबाट साढे २५ अर्ब रुपैयाँभन्दा बढीको बीमा दाबी

अर्थ विशेष | भाद्र १७ गते २०८३

काठमाडौं । भदौ १० गते भोटेकोशी र त्रिशुली नदीमा आएको बाढीका कारण भएको क्षतिको प्रारम्भिक बीमा दाबी २५ अर्ब ६७ करोड ३५ लाख रुपैयाँ पुगेको छ । नेपाल बीमा प्राधिकरणले भदौ १५ गतेसम्म संकलन गरेको विवरण अनुसार कुल ५८३ वटा बीमालेख अन्तर्गत उक्त रकम बराबरको दाबी दर्ता भएको हो ।

प्राधिकरणको तथ्यांक अनुसार सबैभन्दा बढी दाबी रकम दि ओरिएन्टल इन्स्योरेन्स कम्पनीमा परेको छ, जहाँ ८ वटा दाबी बापत १३ अर्ब ४ करोड २१ लाख २६ हजार रुपैयाँ माग गरिएको छ । त्यसैगरी, यूनाइटेड अजोड इन्स्योरेन्स कम्पनीमा ३८ वटा दाबी बापत ४ अर्ब ९७ करोड ४८ लाख ७२ हजार रुपैयाँ र सानिमा जिआईसी इन्स्योरेन्स कम्पनीमा १०२ वटा दाबी बापत २ अर्ब १० करोड २८ लाख ७२ हजार रुपैयाँको दाबी परेको देखिन्छ ।

अन्य निर्जीवन बीमा कम्पनीहरू मध्ये सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनीमा ६७ वटा दाबी बापत १ अर्ब ८८ करोड ७३ लाख ७६ हजार रुपैयाँ, शिखर इन्स्योरेन्समा सबैभन्दा धेरै १२७ वटा दाबी बापत १ अर्ब ८७ करोड ५४ लाख ५९ हजार रुपैयाँ र हिमालयन एभरेष्ट इन्स्योरेन्समा ४५ वटा दाबी बापत ६४ करोड ७८ लाख २० हजार रुपैयाँको दाबी दर्ता भएको छ ।

यसैगरी, नेको इन्स्योरेन्समा ६६ वटा दाबी बापत ५१ करोड ७० लाख ३७ हजार रुपैयाँ, सगरमाथा लुम्बिनी इन्स्योरेन्समा ३२ वटा दाबी बापत २४ करोड २३ लाख २७ हजार रुपैयाँ, नेपाल इन्स्योरेन्समा ३२ वटा दाबी बापत २३ करोड ८६ लाख ४५ हजार रुपैयाँ, र आईजीआई प्रुडेन्सियलमा २६ वटा दाबी बापत १८ करोड ७३ लाख ४ हजार रुपैयाँ दाबी गरिएको छ ।

त्यस्तै, एनएलजीमा २१ वटा दाबी बापत ११ करोड ३१ लाख रुपैयाँ, प्रभु इन्स्योरेन्समा १४ वटा दाबी बापत ३ करोड १२ लाख ८ हजार रुपैयाँ, राष्ट्रिय बीमा कम्पनीमा २ वटा दाबी बापत ७६ लाख रुपैयाँ, नेशनल इन्स्योरेन्समा २ वटा दाबी बापत ५३ लाख ३५ हजार रुपैयाँ र नेपाल माइक्रो इन्स्योरेन्समा १ वटा दाबी बापत ५ लाख रुपैयाँ बीमा दाबी गरिएको प्राधिकरणको तथ्यांकमा विवरणमा उल्लेख छ ।

इन्जिनियरिङ क्षेत्रमा सबैभन्दा ठूलो दाबी

बीमालेखको विधागत आधारमा विश्लेषण गर्दा सबैभन्दा ठूलो बीमा दाबी इन्जिनियरिङ तथा ठेकेदार जोखिम बीमा विधामा परेको छ । यस विधामा केवल ५२ वटा बीमित संख्या रहे तापनि २० अर्ब ५० करोड रुपैयाँ को दाबी दर्ता भएको छ, जुन कुल दाबी रकमको ठूलो हिस्सा हो ।

यसैगरी, सम्पत्ति बीमा अन्तर्गत ११३ वटा दाबी बापत २ अर्ब ३४ करोड ६२ लाख २० हजार रुपैयाँ र सबैभन्दा बढी संख्यामा रहेको मोटर बीमा अन्तर्गत ३१३ वटा दाबी बापत १ अर्ब ५५ करोड ९ लाख ३१ लाख रुपैयाँको अनुमानित दाबी परेको छ । परिवहन बीमा अन्तर्गत ४७ वटा दाबी बापत ८९ करोड ७७ लाख ३७ हजार रुपैयाँ, अन्य बीमा अन्तर्गत ५४ वटा दाबी बापत ३२ करोड ९२ लाख ९२ हजार रुपैयाँ र स्वास्थ्य बीमा अन्तर्गत ४ वटा दाबी बापत ४ करोड १६ लाख रुपैयाँको दाबी प्राप्त भएको प्राधिकरणले जनाएको छ ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्