समय : ११:११ am | बुधबार , भाद्र १७ गते २०८३

अर्घाखाँची सिमेन्टद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा छ लाख ७५ हजार सहयोग

अर्थ विशेष | भाद्र १७ गते २०८३

भैरहवा।अर्घाखाँची सिमेन्ट उद्योगमा कार्यरत कर्मचारीले भोटेकोसी आएको बाढीबाट प्रभावित परिवारको राहत तथा पुनःस्थापनाका लागि ६ लाख ७५ हजार सहयोग गर्ने भएका छन्।

कर्मचारीले स्वतःस्फूर्त रूपमा संकलन गरेको उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिने उद्योगका महाप्रबन्धक उद्धव कार्कीले जानकारी दिए। उनका अनुसार विपद् समय पीडितको राहत तथा उद्धारमा सहयोग पुगोस् भन्ने उद्देश्यले कर्मचारीले स्वैच्छिक रूपमा रकम संकलन गरेका हुन्।

‘समस्या परेका बेला हामीले पनि केही सहयोग गर्नुपर्छ भन्ने भावनाले कर्मचारीले आपसमा सल्लाह गरी रकम संकलन गरेका हुन्’, उनले भने। उनले उद्योगमा कार्यरत कर्मचारीले पहिलोपटक यसरी स्वतःस्फूर्त रूपमा ठूलो रकम संकलन गरी विपदबाट प्रभावित परिवारका लागि सहयोग गर्न लागेको बताए।

उद्योगका सहायक महाप्रबन्धक कृष्ण पाण्डेसहित कर्मचारीको सहभागितामा उक्त रकम संकलन गरिएको जनाइएको छ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्