काठमाडौं । लगातार घटिरहेको बजार आज भने बढेर बन्द भएको छ । नेप्सेको यो वृद्धि धेरै समयपछिको हो । आज नेप्से परिसूचक ९ दशमलव २४ अंकले बढेर २,५२२ को विन्दुमा कायम भएको छ । आज १८२ कम्पनीको शेयर मूल्य बढेको छ भने ८४ कम्पनीको शेयर मूल्य घटेको छ ।
आज दिनभरिमा ३४१ कम्पनीको ७६ लाख १३ हजार ६८१ कित्ता शेयर किनबेच हुँदा २ अर्ब ९० करोड माथिको शेयर कारोबार भएको छ । नेप्से परिसूचक बढेपनि हिजोको तुलनामा आज कारोबार रकम भने खुम्चिएको छ । आज सबैभन्दा धेरै सोलु हाइड्रोको शेयर कारोबार भएको छ । आज यस कम्पनीको १३ करोड ८२ लाख रुपैयाँको शेयर कारोबार भएको छ । शिवम् सिमेन्टको १३ करोड ६३ लाख रुपैयाँको शेयर कारोबार भएको छ । आँखुखोला जलविद्युतको १० करोड ३६ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै माथिल्लो मैलुङ खोलाका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ७ दशमलव १५ प्रतिशतका दरले कमाएका हुन् । एमबिएल इक्विटी फन्डका इकाईधनीले ५ दशमलव ८८ प्रतिशतका दरले कमाएका छन् । इमर्जिङ नेपालका लगानीकर्ताले ४ दशमलव ८५ प्रतिशतका दरले कमाएका छन् ।
आज सबैभन्दा धेरै उपकार लघुवित्तका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ८ दशमलव ४८ प्रतिशतका दरले गुमाएका हुन् ।










