समय : ०१:५६ pm | मङ्गलबार , भाद्र १६ गते २०८३

सुन र चाँदीको मूल्य घट्यो

अर्थ विशेष | भाद्र १६ गते २०८३


काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुनको मूल्य प्रतितोला रु ५०० र चाँदीको मूल्य रु १५ ले घटेको हो ।नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला रु तीन लाख छ हजार १०० र चाँदीको मूल्य रु चार हजार ७६५ कायम भएको छ ।

सोमबार छापावाल सुन प्रतितोला रु तीन लाख छ हजार ६०० र चाँदीको मूल्य रु चार हजार ७८० कायम भएको थियो ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्