काठमाडौं । नेपाली बजारमा आज सोमबार सुन(चाँदीको भाउ बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ८ सय रुपैयाँले बढेको हो ।
योसँगै आज सुनको भाउ प्रतितोला २ लाख ८४ हजार रुपैयाँमा कायम भएको छ। हिजो आइतबार सुनको भाउ तोलामा २ लाख ८३ हजार २ हजार रुपैयाँमा कारोबार भएको थियो।
यता,आज चाँदीको भाउ पनि बढेको छ । आज चाँदी तोलामा ३५ रुपैयाँले बढेको हो । यससँगै आज चाँदी तोलामा ४ हजार ३५० रुपैयाँ कायम भएको छ। हिजो आइतबार चाँदीको भाउ ४ हजार ३१५ रुपैयाँमा कारोबार भएको थियो।










