काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीमा कामु सीईओको जिम्मेवार अमितकुमार कयाललाई दिने निर्णय भएको छ।
कम्पनी सञ्चालक समितिले कयाललाई कामु सीईओको जिम्मेवारी दिने निर्णय गरेको हो। उनी हाल कम्पनी नायब सीईओका रुपमा कार्यरत छन्।
नेपाल लाइफका सीईओ प्रवीणरमण पराजुली केही दिनका लागि बिदामा बस्ने भएकोले कम्पनीको दैनिक प्रशासकीय एवं अन्य आवश्यक व्यवस्थापकीय कार्यहरु गर्न कयाललाई कामु सीईओ जिम्मेवारी दिने निर्णय सञ्चालक समितिले गरेको हो।
कामु सीईओको जिम्मेवारी कयालले साउन ४ गतेदेखि साउन २८ गतेसम्म वहन गर्नेछन्।










