समय : १०:५५ pm | मङ्गलबार , जेठ १९ गते २०८३

नेपाल बैंकमा आबद्धले मेधर्म क्लिनिक्समा विशेष छुट पाउने

अर्थ विशेष | जेठ १९ गते २०८३

काठमाडौं । नेपाल बैंक लिमिटेडमा खाता रहेका ग्राहकहरू र बैंकमा कार्यरत कर्मचारीहरुलाई काठमाडौं दरवारमार्गमा रहेको मेधर्म क्लिनिक्स् प्राइभेट लिमिटेडमा उपचार गर्दा लाग्ने शुल्कमा विशेष छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ।

सम्झौतापत्रमा नेपाल बैक लिमिटेडको तर्फबाट बजारीकरण तथा अनुसन्धान डिभिजन प्रमुख निर्मल सुवेदी र मेधर्म क्लिनिक्स् प्रा.लि. को तर्फबाट प्रमुख कार्यकारी अधिकृत डा. अनुप सुवेदीले हस्ताक्षर गरे।

सो सम्झौता बमोजिम नेपाल बैंक लिमिटेडमा खाता रहेका ग्राहकहरू र बैंकमा कार्यरत कर्मचारीहरुलाई मेधर्म क्लिनिक्सद्वारा तोकिएको विविध उपचार सेवामा लाग्ने शुल्कहरूमा बिल रकमको १५ प्रतिशत छुट हुने व्यवस्था गरिएको छ।

यसबाट नेपाल बैंक लिमिटेडमा खाता रहेका ग्राहकहरू तथा बैंकमा कार्यरत कर्मचारीहरूलाई मेधर्म क्लिनिक्स् प्राइभेट लिमिटेडद्वारा प्रदान गरिने सहुलियतपूर्ण स्वास्थ्यसेवाबाट लाभान्वित हुने विश्वास गरिएको छ।

नेपालभर २३१ शाखाहरु, २४६ एटिएम साथै ६१ एक्सटेन्सन काउन्टर मार्फत करिब २७ लाख ग्राहकहरुलाई वित्तीय सेवा पु¥याइरहेको यो बैंक हाल ग्राहक सेवामा व्यापक सुधार गरी आधुनिक बैंकिङ्ग प्रविधि मार्फत बैंकिङ सेवा पु-याई प्रतिस्पर्धी रुपमा अगाडि बढिरहेको छ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्