समय : ०५:१० pm | शुक्रबार , वैशाख ११ गते २०८३

लगानीमैत्री वातावरण बनाउन निजी क्षेत्रको आग्रह

अर्थ विशेष | वैशाख ११ गते २०८३


काठमाडौँ। निजी क्षेत्रले लगानीमैत्री वातावरण बनाउन सरकारसँग आग्रह गरेको छ।

नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल वाणिज्य सङ्घले आज संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै निजी क्षेत्रको सुरक्षा र प्रवद्र्धनका लागि सरकारसँग अनुरोध गरेका हुन्।

नयाँ सरकार गठनभएसँगै आर्थिक स्थायित्व र लगानी वृद्धि हुने अपेक्षा गरिएको उल्लेख गर्दै ती तीन संस्थाले मुलुकको अर्थतन्त्रको विकास र रोजगारी सृजना उल्लेखनीय योगदान गरेको निजी क्षेत्रलाई हतोत्साही तुल्याउने गतिविधि हुन नहुनेमा जोड दिएका छन्।

लगानीकर्ताको मनवल गिराउने गतिविधिले राजस्व, रोजगारी, आपूर्ति प्रणाली तथा पूर्वाधार विकास प्रभावित हुनाका साथै बैंकिङ क्षेत्र र समग्र आर्थिक प्रणालीलाई संकटतर्फ धकेल्ने जोखिम विज्ञप्ति औँल्याइएको छ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्