समय : ०३:३४ pm | बुधबार , माघ २१ गते २०८२

सुन चाँदीको भाउ हालसम्मकै उच्च

अर्थ विशेष | माघ ५ गते २०८२

काठमाडौं । नेपाली बजारमा आज सुन चाँदीको भाउ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ४२ सय रुपैयाँले बढेको हो । यससँगै आज सुनको भाउ तोलामा २ लाख ८२ हजार रुपैयाँ कायम भएको छ। हिजो सुन तोलामा २ लाख ७७ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो।

यसैगरी आज चाँदीको भाउ पनि बढेको छ । आज चाँदी तोलामा १८५ रुपैयाँले बढेको छ । यससँगै चाँदी तोलामा ५ हजार ८१० रुपैयाँ कायम भएको छ। हिजो चाँदी तोलामा ५ हजार ६२५ रुपैयाँमा चाँदी कारोबार भएको थियो।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्