समय : ०५:२१ am | बिहिबार , माघ २१ गते २०८२

काठमाडौं महानगरको मेयरबाट बालेनले दिए राजीनामा

अर्थ विशेष | माघ ४ गते २०८२

काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरबाट बालेन शाहले आइतबार राजीनामा दिएका छन्।

बालेनले आज माघ ४ गतेदेखि लागू हुने गरी मेयरबाट राजीनामा दिएका हुन्। उनले राजीनामा उपमेयर सुनीता डंगोलसमक्ष पेस गरेका छन्।बालेन महानगरपालिकाको मेयर पद त्यागेर आसन्न फागुन २१ गतेको प्रतिनिधिसभामा उम्मेदवार बन्दैछन्। उनी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट उम्मेदवार बन्न लागेका हुन्।

यस विषयमा छलफल गर्न आजै उनी रास्वपा कार्यालय जाँदै छन्। केही दिनअघि उनी रास्वपामा प्रवेश गरेका थिए। रास्वपाले उनलाई वरिष्ठ नेता बनाउँदै भावी प्रधानमन्त्रीका रुपमा अगाडि बढाएको छ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्