समय : ०७:१९ am | मङ्गलबार , फागुन २६ गते २०८२

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

अर्थ विशेष | मंसिर १० गते २०८२

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिद दर १४२ रुपैयाँ ४६ पैसा र बिक्रीदर १४३ रुपैयाँ ०६ पैसा रहेको छ।

अस्ट्रेलियन डलर एकको खरिद दर ९१ रुपैयाँ ८४ पैसा र बिक्री दर ९२ रुपैयाँ २३ पैसा, क्यानेडियन डलर एकको खरिददर सय रुपैयाँ ८७ पैसा र बिक्रीदर १०१ रुपैयाँ २९ पैसा निर्धारण गरिएको छ।

युरोपियन युरो एकको खरिद दर १६४ रुपैयाँ २८ पैसा र बिक्रीदर १६४ रुपैयाँ ९८ पैसा कायम हुँदा युके पाउन्ड स्टर्लिङ एकको खरिददर १८६ रुपैयाँ ८४ पैसा र बिक्रीदर १८७ रुपैयाँ ६२ पैसा रहेको छ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्