समय : ०८:०५ am | बिहिबार , चैत्र १९ गते २०८२

नेपाल र श्रीलङ्का चेम्बरबीच सहकार्यको सम्झौता

अर्थ विशेष | असाेज ९ गते २०८२


काठमाडौं। नेपाल चेम्बर अफ कमर्स र श्रीलङ्काको नेशनल चेम्बर अफ एक्स्पोर्टस्बीच व्यवसायिक प्रतिनिधिमण्डल आदानप्रदानमार्फत दुई देशका व्यापारीबीच प्रत्यक्ष सहकार्य गर्ने सम्झौता भएको छ । आपसी व्यापार र लगानीको दायरा विस्तार गर्न, उद्योग स्थापना तथा संयुक्त लगानीका अवसर पहिचान गर्न दुई देशका यी संस्थाबीच सम्झौता भएको हो

सम्झौताले दुवै मुलुकका व्यवसायीलाई परस्पर भेटघाट, व्यापार मेला तथा व्यवसायिक मञ्चमा सहभागिताका लागि सहज वातावरण बनाउन सहयोग गर्ने विश्वास लिइएको छ । नेपाल चेम्बर अफ कमर्सका प्रतिनिधिले श्रीलङ्काको आर्थिक पुनर्उत्थानको विषयमा पनि अध्ययन गर्ने सहमतिपत्रमा उल्लेख छ । दुई संस्थाबीच व्यापार, लगानी, उद्योग र सेवा क्षेत्रलाई प्रवर्द्धन गर्ने उद्देश्यले सहकार्यको सम्झौता भएको चेम्बरद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

श्रीलङ्काका लागि नेपालका राजदूत डा पूर्ण नेपाली, चेम्बर अध्यक्ष कमलेशकुमार अग्रवाल एवं श्रीलङ्काको नेशनल चेम्बर अफ एक्स्पोर्टस्का अध्यक्ष इन्द्रा कौशल राजापाक्षेको उपस्थितिमा सम्झौतामा हस्ताक्षर भएको हो । सो सम्झौतापत्रमा चेम्बर अफ कमर्स नेपालका तर्फबाट उपाध्यक्ष एवं अन्तराष्ट्रिय समितिका सभापति अर्जुनप्रसाद शर्मा र श्रीलङकाको चेम्बरका तर्फबाट महासचिव शिहम मरिकरले हस्ताक्षर गरेका छन् ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्