समय : ०८:०३ am | बिहिबार , चैत्र १९ गते २०८२

गन्नीगाडमा एक मेगावाट क्षमताको जलविद्युत् आयोजना निर्माण हुने

अर्थ विशेष | असाेज ९ गते २०८२

बैतडी । बैतडीको डिलाशैनी गाउँपालिकामा गन्नीगाड साना जलविद्युत् आयोजना निर्माण हुने भएको छ ।

डिलाशैनी –१ र २ मा रहेको गन्नीगाड खोलाको पानी सदुपयोग गर्ने कञ्चन ऊर्जा प्रालिले उक्त आयोजना निर्माण गर्ने भएको हो । एक मेगावाट क्षमता उक्त आयोजनाको हालै शिलान्यास गरिएको छ ।सो अवसरमा प्रवर्द्धक कम्पनी अध्यक्ष अनिश गौतम, स्थानीय जनप्रतिनिधि जनकुमार घरडी र इञ्जीनीयर डा कृष्णप्रसाद दुलालको उपस्थिति रहेको थियो ।

कञ्चन ऊर्जा प्रालि र नेपाल विद्युत् प्राधिकरण २०८० मंसिर १९ गते आयोजनाको विद्युत् खरिदबिक्री सम्झौता भइसकेको अध्यक्ष गौतमले बताए । उनका अनुसार अबको एक वर्ष ६ महिनापछि विद्युत् उत्पादन गरिसक्ने लक्ष्यसहित दसैँपछि आयोजना निर्माण धमाधम गरिने छ ।

आयोजनाले उत्पादनको गरेको विद्युत् बलाँच सवस्टेशनमार्फत राष्ट्रिय प्रणालीमा जोडिने कम्पनीका प्रतिनिधि दीपेन्द्रबहादुर रानाले बताए । आयोजनामा लगानी गर्न इच्छुक स्थानीय प्रभावित तथा जिल्लावासीका लागिसमेत लगानीको अवसर प्रदान गरिने जनाएको छ ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्