समय : ०९:४५ am | बिहिबार , चैत्र १९ गते २०८२

गुराँस लघुवित्तले १५ प्रतिशत बोनस दिने

अर्थ विशेष | असाेज ९ गते २०८२

काठमाडौं । गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडले बोनस सेयर र नगद गरी १५ प्रतिशत लाभांस दिने भएको छ ।

संस्थाको बुधबार बसेको सञ्चालक समितिको १५५औँ बैठकले सेयरधनीलाई हालको चुक्ता पुँजी ११ करोड ५८ लाख ४९ हजार पाँचसय रुपैयाँ बराबरको लाभान्स वितरणका लागि प्रस्ताव गरेको छ ।

बैठकले हाल कायम चुक्ता पुँजीको १४ दशमलव २५ प्रतिशत बोनस सेयर र ०.७५ प्रतिशत कर प्रयोजनार्थ नगद लाभांस दिने निर्णय गरेको हो ।

उक्त लाभांस वितरणका लागि कम्पनीले नेपाल राष्ट्र बैंकसँग स्वीकृतिका लागि अनुरोध गरेको छ । घोषित लाभांश राष्ट्र बैंकको स्वीकृतिपछि आगामी साधारणसभाले पारित गरेपछि सेयरधनीले प्राप्त गर्ने छन् ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्